काठमाडौं, ६ जेठ । आज थप २७ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या चार सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा यसबारेमा जानकारी गराएका हुन् । देवकोटाकाअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण गरिएको संख्या ३२ हजार ६ सय चार पुगेको छ भने आरडिटीबाट ७४ हजार ६ सय ४९ को परीक्षण गरिएको छ । हालसम्म चार सय ५७ जना आईसोलेशनमा रहेका छन् । नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ३ जना र ललितपुर र भक्तपुरमा एक/एक जना रहेका छन् ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.06
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.06#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Tuesday, 19 May 2020