Logo

काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखियो



काठमाडौं, ६ जेठ । आज थप २७ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या चार सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा यसबारेमा जानकारी गराएका हुन् ।

देवकोटाकाअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण गरिएको संख्या ३२ हजार ६ सय चार पुगेको छ भने आरडिटीबाट ७४ हजार ६ सय ४९ को परीक्षण गरिएको छ । हालसम्म चार सय ५७ जना आईसोलेशनमा रहेका छन् । नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ३ जना र ललितपुर र भक्तपुरमा एक/एक जना रहेका छन् । नयाँ संक्रमितहरु १७ देखि ४२ वर्षसम्मका रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्