Logo

ललितपुरसहित तीन जिल्लामा पहिलोपटक कोरोना संक्रमित, कहाँ कति थपिए (सुचीसहित)



काठमाडौं, ६ जेठ । आज थप जिल्लाहरुमा पहिलोपटक कोरोना भाइरसका संक्रमित भेटिएका छन् । २७ जना नयाँ थपिएकामध्ये तीन जिल्लामा पहिलोपटक संक्रमित भेटिएका हुन् ।

आज ललितपुर, रामेछाप र लमजुङमा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । योसहित ३६ जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

आज संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आज कुन जिल्लामा कति थपिए
झापा ९
मोरङ १
सुनसरी १
सर्लाही २
काठमाडौं ३
भक्तपुर १
मकवानपुर १
रामेछाप १
ललितपुर १
सिन्धुली १
लमजुङ १
कविलवस्तु ४
नवलपरासी १



प्रतिक्रिया दिनुहोस्