काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने जानकारी दिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.06
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.06#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Tuesday, 19 May 2020
उनकाअनुसार अब जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने भएका हुन् । तर, उनीहरुले तोकिएको स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने हुन्छ । उनले भने,‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं, यसरी जाँच गरिएपछि पीसीआर परीक्षणको दायरा बढ्ने हामीले लक्ष्य लिएका छौं ।