Logo

करिश्माले सिमाबारे भनिन्–बच्चालाई पापा देखाए



काठमाडौ, ६ जेठ । नायिका करिश्मा मानन्धरले भारतसँग सिमानाको कुरा गरेर मात्र नक्सा सार्वजनिक गर्नुपर्ने धारणा राखेकी छिन् । हिजो मात्रै सरकारले सार्वजनिक गरेको नेपालको नक्सालाई लिएर उनले छिमेकीसँग स्पष्ट कुरा नगरेमा आउने पुस्ताले पनि यस्तै जीवन जिउन बाध्य हुने बताएकी हुन् ।

पछिल्लो समयमा करिश्मा सामाजिक कार्यमा सक्रिय छिन । लकडाउनमा पनि समस्यामा परेका धेरै मानिसहरुलाई राहत स्वरुप खाद्यान्य वितरण गरेकी थिइन् । राष्ट्र र राष्ट्रियताको बारेमा बोल्दै आएकी करिश्माले नेपाल–भारत विवादको विषयमा निरन्तर आफ्नो धारणा राख्दै आएकी छिन् । उनले आज फेसबुकमा लेखेकी छिन्, ‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौ, भाइचारा को कुरा गर्छौ, तर छिमेकी जस्को थिचोमिचो मा हामी दशकौंदेखि परिरहेको छौ ति छिमेकीसंग सिमाना बारे किल्यर कट कुरा नगरी कसरी मुलुकको नक्सा सार्वजनिक गर्छौ ? के यो सोझो जनतालाई बच्चालाई पापा देखाएको जस्तो झुक्याए को हो ? के अर्को पुस्ताले फेरी यो नक्सा देखाउदै छिमेकीसंग विवाद गरेरै जीवन गुजर्ने ? सबै बाट मान्यता प्राप्त सिमाना सहितको नक्सा चाहिन्छ नेपालीलाई ।’ तस्वीर–करिश्मा  मानन्धर फेसबुक



प्रतिक्रिया दिनुहोस्