Logo

‘सत्यमेव जयते’को नेपाली अर्थ



जेठ ६, काठमाण्डौ । संघीय संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको भूमि र नेपालको वास्तविक नक्साका विषयमा धेरै चर्चा गरे । अतिक्रमणमा परेको भूमि जसरी पनि फिर्ता ल्याउने उद्घोष गरेका ओलीले भारतलाई कटाक्षसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले सत्यको सधैं जित हुने भन्दै भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गरेरै छाड्ने बताएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि फिर्ता गर्ने प्रतिबद्धता दोहो¥याएनन मात्रै लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न नदिने अठोट व्यक्त गरे ।

ओलीले भारतले अर्घेल्याइँ गरेको टिप्पणीुमेत गरे । तर प्रधानमन्त्रीले अतिक्रमित भूमि फिर्ता गर्न परिस्थिति जटिल हुने लक्षण देखिएको पनि बताए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै कटाक्ष गरे । उनले भारतीय प्रतीक चिन्हको प्रसंग झिक्दै ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भनेर भारतलाई प्रश्न गरे । जुन अभिव्यक्त अहिले चर्चामा छ ।

‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखिएको छ । सत्यमेव जयतेको नेपालीमा अर्थ हुन्छ सत्यको नै विजय हुनेछ, असत्यको होइन । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३.१.६ को मन्त्रको हो ।
उक्त मन्त्रको विस्तृत रुप यस्तो छ :

सत्यमेव जयते नानृतम सत्येन पंथा विततो देवयानः।
येनाक्रमंत्यृषयो ह्याप्तकामो यत्र तत् सत्यस्य परमम् निधानम् ।।

यो मन्त्रको अर्थ हुन्छ–‘सत्य’ को नै विजय हुनेछ, असत्यको होइन । ‘सत्य’द्वारा नै देवताहरूको यात्रा (पथ) विस्तीर्ण भएको छ । आप्तकाम ऋषिगण त्यही ठाउँमा विद्यमान रहन्छन् जहाँ सत्य रहेको हुन्छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रलाई भारतले अतिक्रमण गरेर विवादित बनाएको आरोप लगाए । प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा सांसदहरुले मन्त्रीपरिषदले नेपालको नयाँ नक्सा पारित गरे पनि जमिन नै फिर्ता कसरी ल्याउने भनेर सोधेका थिए । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारका कैयौँ कमजोरी ढाकछोप गर्नका लागि मात्रै नक्सा पारित गरिएको हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने बताए । सरकारले देखावटी राष्ट्रवादका लागि नक्सा सार्वजनिक नगरिएको भन्दै केही दिनमै नक्सा सार्वजनिक गरिने बताए । संविधानको अनुसूची ३ मा रहेको नेपालको प्रतीक चिन्ह परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा ल्याइने पनि उनले जानकारी दिए । संविधान संशोधनको उक्त प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्दै पारित भएको दिन सबैले दिपावली मनाउने बताए ।



प्रतिक्रिया दिनुहोस्