Logo

कोरोना संक्रमणबाट निधन भएका दोस्रो व्यक्ति मुम्बईबाट दिल्ली हुँदै सकसका साथ देश छिरेका



काठमाडौं, ७ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट निधन भएका दोस्रो व्यक्ति बाँकेका हुन् । २५ वर्षका युवक नरैनापुरका हुन् ।

सीमानाका खुकुलो पारी नेपालीलाई प्रवेश दिएपछि भारतबाट ३० वैशाखमा फर्किएका उनी बाँकेकै क्वारेन्टाइनमा थिए । अस्पतालमा ४ जेठको विहान ६ बजेर ४० मिनेटमा निधन भएको उनको कोभिड १९ टेष्टका लागि नमुना संकलन गरिएको थियो । उनको टेष्ट पोजेटिभ आएपछि नरैनापुरको क्वारेन्टाइनमा रहेका र उनीहरुको परिवारका सदस्यलाई झसङ्ग पारेको थियो ।

युवकको ट्राभल हिस्ट्री खोज्दा निकै सकसका साथ मुम्बईबाट रुपेडिया हुँदै छिरेको पत्ता लागेको थियो । रोजगारीको सिलसिलामा मुम्बई पुगेका उनको आर्थिक अवस्था निकै कमजोर पाइएको छ ।

भारतमा लकडाउनपछि काम नभएपछि उनी साथीहरुसँगै फर्केका थिए । दिल्लीसम्म बसमा र त्यसपछि कहिले ट्रक त कहिले अन्य यातायातको साधनबाट आउँदा गलेका थिए । उनी क्वारेन्टाइनमै विरामी परेर थलिएपछि बल्ल अस्पताल लगिएका थिए । त्यतिबेला निकै ढिला भइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot