Logo

घरमै भत्ता पु¥याउन आग्रह



काठमाडौँ, ७ जेठ । बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ ।

बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जानसक्ने अवस्था नभएपछि घरमै पु¥याउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिकका अगुवाले बन्दाबन्दीको समस्याले गर्दा सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले प्रत्येक स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घरमा पुगेर वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बन्दाबन्दीले गर्दा सवारीसाधन चलेका छैनन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही बैङ्कसम्म पुग्न सक्ने अवस्था छैन । पुगिहाले पनि लाइनमा बसेर भत्ता लिन सक्दैनन् । स्थानीय तहका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने व्यवस्था गर्नु पर्ने बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्