Logo

गुप्तचर देखि डाक्टर, नर्स, सेना, प्रहरी, पत्रकार सम्मलाई कोभिड १९



काठमाडौं, ७ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४०२ पुगेको छ । जेठ महिनाको छ दिनमै संख्या दोब्बरले वृद्धि भएको छ । यो बीच दुईजना मृतकमा कोरोना संक्रमण पत्ता लागेको छ ।

पछिल्लो पटक संक्रमित भएकामा कोरोना भाइरसको टेष्टका लागि नमुना संकलनका लागि पुगेका डाक्टर पनि छन् । उनी सरुवा रोग अस्पतालबाट काजमा खटिएका ललितपुर घर भएका हुन् ।

यसअघि नेपाली सेनाका दुईजनालाई महोत्तरीमा संक्रमण पत्ता लागेको थियो । प्रहरी र सशस्त्र प्रहरीमा कार्यरतहरु पनि संक्रमित भइसकेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि संक्रमित भेटिएका छन् । विभाग देशको खुफिया संस्था हो ।

फिल्डमा खटिएका पत्रकारहरु पनि संक्रमित भएका छन् । पर्सा, बारा र धनुषामा पत्रकार संक्रमित भएका हुन् ।

नेपालमा विभिन्न पेशा तथा क्षेत्रका मानिसमा धमाधम संक्रमण देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot