Logo

सीमासम्बन्धी नेपालको तथ्य प्रमाण बलियो



काठमाडौँ, ७ जेठ । नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ ।

कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको हो । लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गरे लगत्तै नेपालले त्यो क्षेत्र नेपालको भूमि भएको प्रस्ट्याउँदै वार्ताको आह्वानसहित वैशाख २९ गते ‘कूटनीतिक नोट’ पठाएको थियो ।

भारतका तर्फबाट स्पष्ट जवाफ आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् ।  कोरोना भाइरस (कोभिड–१९) को सङ्कट मत्थर भएपछि मात्र दुई देशबीच वार्ता हुने भारतको सङ्केत आएको उनले बताएका छन् । मन्त्रालय मातहत गठित सीमा निरीक्षण समितिले सीमा सम्बन्धी दस्तावेज बलियो बनाउने काममा सक्रियता बढाएको छ । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्

Screenshot