Logo

अंपुन चक्रवातको प्रभावले आज हावाहुरीसहित बर्षाको सम्भावना



काठमाडौं, जेठ ७ । बुघबार अंपुन चक्रवातको प्रभावले देशको पूर्वी तथा मध्य र पश्चिमी क्षेत्रका सबैजसो ठाउँमा चट्याङ,मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पुर्वानुमान् महाशाखाका अनुसार बंगालको खाडि हुँदै भारत प्रवेश गरेको उक्त आँधिको प्रभावले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना बढेको हो ।

आज दिउँसोसम्म उक्र चक्रवात हावाहुरीसहित नेपाल प्रवेश गर्ने र हावाहुरीसंगै वर्षा हुने महाशाखाले जनाएको छ । तराईका जिल्ला तथा पूर्वि नेपालका केहि जिल्लामा आँधिको प्रभाव बढि पर्न सक्ने जनाउदै सर्तक रहन समेत महाशाखाको अनुरोध रहेको छ ।

नेपाल प्रवेश गरेको चक्रवातको प्रभाव धेरै समय नरहेपनि रातिसम्म प्रभाव कम भई सक्ने जनाएको छ । बिहिवारदेखि भने देशभरको मौसममा मौसममा सुधार आउने देखिएको छ।



प्रतिक्रिया दिनुहोस्