Logo

संक्रमण पुष्टि भएको २४ घण्टा हुँदापनि ५९ जनाले आइसोलेसनमा बस्न पाएनन



बाँके, बैशाख ७ । नरैनापुरका कोरोना संक्रमित ५९ जना ब्यक्तिले २४ घण्टा बित्दा पनि आइसोलेसनमा बस्न पाएका छैनन्। भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट बुधबार एकैदिन ५९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित ब्यक्तिलाई समयमा आइसोलेनमा नराख्दा संक्रमण थप फैलिने जोखिम बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह ४ बजेतिर ४७ जना र राति सवा १० बजेतिर थप १२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। तर, मंगलबार बेलुकीसम्म पनि संक्रमितलाई आइसोलेसनमा राखिएको छैन।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमित ब्यक्ति वडा नम्बर १, २ र ५ निवासी हुन्। आवश्यक तयारी र समन्वय अभावका कारण समयमै संक्रमितलाई आइसोलेसनमा राख्न नसकिएको स्वास्थ्यकर्मीले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्