Logo

सीमाको विषयमा नेपाललाई चीनले साथ दिने नेकपा नेता नेम्वाङको विश्वास



काठमाडौं, ७ जेठ। नेताहरु नेकपा नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भारतसँगको सीमा विवाद मिलाउन समय लाग्ने बताएका छन् सरकारको लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा जारी गर्ने निणय साहसिक भएपनि यो विषय भनेको एक वा दुई महिनामा समाधान नहुने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरागर्दै नेता नेम्वाङ सीमामा उठको विवादका विषयमा कुरा गर्न नेपाल सरकारले पटक पटक आग्रह गरेको तर, कोरोनाको कारण देखाउदै भारत तत्काल वार्तामा बस्न तयार नभएको बताए । भारतले सीमाका विषयमा तत्काल बार्ता सुरु गर्नुपर्ने भन्दै कोरोनाको संक्रमण बढीरहेका बेला सकडक खन्न सक्नेले अहिले वार्तामा बस्न सक्दिन भन्नु उचित नहुने तर्क गरे ।

नेम्वाङ नाकाबन्दीमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सामु फेरी राष्ट्रवाद प्रकट गरेको भन्दै संविधान अनुसार नेपालको लिम्पियाधुरा सहितको नक्सा जारी गर्न नेकपा सरकार कति पनि पछाडी नहट्ने दावी गरे । भारतसँग बार्ता गर्दा धेरै विषय उठाइनुपर्ने तर, सरकारले निर्णय गर्यो अब मिचिएको भूभाग एक दुई महिनामा फिर्ता भइहाल्छ भनेर सोच्न नहुने भन्दै अहिले समयको यकिन गर्नु गलत हुने बताए ।
नेम्वाङले चीन सरकारसँग कुरा भइरहेको भन्दै सीमाका विषयमा चीनसँग वार्ता गर्नु आवस्यक नरहेको बताए । चीनले त्रीदेशीय मार्गमा कुनै एकदेशले मात्रै निर्णय गर्न नमिल्ने भनेको र उसले यो विषय नेपाल र भारतबीचको भएकाले दुई देश बसेर समाधान गर्न सल्लाह दिएको बाए । उनले सीमाका विषयमा चीनले नेपाललाई थप साथ दिने आशा पनि व्यक्त गरे ।

एमसीसीबारे प्रश्न उठाउन पाउने भन्दै नेम्वाङले सरकारले एमसीसी जस्केलाबाट नभई मुल ढोकाबाट नै संसदमा छिराएको बताए । एमसीसी अब संसदको विषय भएकाले कसैले पनि यसमा टिप्पणी गर्न आवस्यक नरहेको भन्दै उनले ट्रान्समिसन लाइन बनाएर नेपालको विजुली निर्यात गर्न पनि आवस्यक रहेको र यो स्रोत पनि यसैका लागि भएको र यसलाई संसदीय प्रक्रिया अनुसार टुंगो लाग्ने बताए ।

प्रतिपक्षले हामीले सहमति गरेको हो यहि संसदबाट पारित गराउनपर्छ भनेर दवाव दिइरहेको भन्दै उनले एमसीसी विवादका लागि नभएर सरकारले अनुमोदनका लागि सदनमा पेश गरेको दावी गरे । विदेशमा भएको नेपालीहरु जथाभावी ल्याउने नभई समस्या परेकाहरुलाई ल्याउने तयारीमा सरकार लागि रहेको र अलपत्र परेकालाई ल्याएरै छाड्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot