Logo

अघिकाशं क्वारेन्टाइन मापदण्ड विपरित



काठमाडौं, जेठ ७ । अधिकांश क्वारेन्टाइन सरकारले बनाएको मापदण्डअनुसार सञ्चालन नभएको पाइएकाले क्वारेन्टाइनमा बस्दै आएका नागरिक थप जोखिममा पर्ने देखिएको छ । केही स्थानमा घना बस्तीकै बीचमा क्वारेन्टाइन बनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार देशभर २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा र ४ सय ५७ जना आइसोलेसनमा बस्दै आएका छन् । सरकारी तथ्यांकअनुसार देशभर ६१ हजार २ सय ४५ क्वारेन्टाइन र ३ हजार ७६ वटा आइसोलेसन बेड छन् ।

मापदण्डमा प्रतिसय जना भएको क्वारेन्टाइन स्थलमा सुपरिवेक्षण गर्न आठ घण्टाको सिफ्टमा एक जना कम्युनिटी मेडिसिन वा एमपीएच गरेको व्यक्ति, एक–एक जना मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका, प्यारामेडिक, ल्याब टेक्निसियन, फर्मासिस्ट हुनुपर्ने र एम्बुलेन्स तयारी अवस्थामा रहनुपर्ने उल्लेख छ ।

यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीलाई आवश्यकताअनुसार खाना उपलब्ध गराउनुपर्ने विषय समेटिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्