Logo

राष्ट्र बैंकद्वारा सातवटा विभागको नाम फेरबदल, यस्ता छन् नयाँ नाम



काठमाडौँ ७ जेठ : नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागु हुने गरी आफ्ना सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ।

राष्ट्र बैंकले सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

त्यस्तै लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग राखिएको छ भने संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नाम सूचना प्रविधि महाशाखामा र उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयहरु कायम गरिएको छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot