Logo

भारतद्वारा बीसीजी खोपलाई कोभिड १९ संक्रमित व्यक्तिमा परीक्षण अनुमित



एजेन्सी, ७ जेठ । भारतले क्षयरोगविरुद्व लड्न् ब्यालिकस क्यालमेट ग्युरिन् (बीसीजी) खोपलाई कोभिड १९ का संक्रमित व्यक्तिमा प्रयोग गर्ने भएको छ । भारतीय अनुसन्धान परिषदले क्षयरोेगविरुद्व लड्ने खोपलाई कोरोना संक्रमित व्यक्तिमाथि परिक्षण गर्न अनुमति दिएको हो ।

परिक्षणकाल करिब १० महिनाका लागि हुने जनाइएको छ । बीसीजी वितग समयदेखि सम्पूर्ण महादेशहरुले शिशुहरुलाई क्षयरोगविरुद्व प्रयोग गर्दै आएको छ ।

क्षयरोगविरुद्वको बीसीजी खोपले कोरोना संक्रमित व्यक्तिको मृत्यु दर घटाउने काम गर्ने भएकोले यसलाई प्रयोगमा ल्याउने विषय भारतीय अनुसन्धान परिषदले जनाएको छ । विषेशगरी ६० वर्ष भन्दा माथि उमेरका व्यक्तिहरुको मृत्यु दरमा कमि आउने जनाइएको छ । यस खोपको अनुसन्धान विश्वभर तीब्र गतिमा भइरहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् । उक्त खोपले साकारात्मक प्रभाव पार्ने समेत विश्वस दिएका छन् । अनुसन्धानका क्रममा क्षयरोगकोविरुद्व जुन व्यक्तिले बसिीजी खोप लगाएको छ त्यस व्यक्तिमा कोरोनाको प्रभाव कम देखिएको जनाइएको छ ।

भारतीय अनुसन्धान परिषदले हाइड्रोक्सीक्लोरोक्वाइन (एचसीक्यु)को नाकारात्मक प्रभाव पर्छ कि पर्दैन भन्ने विषयलाई समेत अनुसन्धान गरिरहेको छ । हाइड्रोक्सीक्लोरोक्वाइनको प्रभावबारे जुलाईको अन्तयसम्म नतिजा आउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot