Logo

‘भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीका लागि सशुल्क कोभिड १९ टेष्ट’



काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको लागि सशुल्क कोभिड १९ टेष्ट उपलब्ध गराउने निर्णय गरेको बताएको छ । सशुल्क टेष्टबारे आलोचना भएपछि मन्त्रालयले सशुल्क परीक्षण व्यक्तिको इच्छामा भरपर्ने समेत प्रष्ट पारेको छ ।

आज स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सशुल्क टेष्टबारे भ्रम सृजना गर्न खोजिएको समेत जनाएको छ । उसले विदेशी कुटनीतिज्ञ र विदेशी नागरिहरुका अलावा केही स्वदेशी नागरिकहरुको आग्रहमा समेत सशुल्क टेष्टको व्यवस्था गरिएको जानकारी दिएको छ । आइ सी एक कोर्डिनेटर डा गुणराज लोहनीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सही सन्देश मात्र प्रवाह गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot