Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर



काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमित गुल्मीका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको जनाएको छ । उनलाई भ्यान्टिलेटरमा राखिएको र अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ,’ डा. देवकोटाले नियमित प्रेस ब्रिफिङमा भने । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए ।

५ जेठमा जन्डिस भई अस्पताल भर्ना भएका गुल्मीका शिक्षकको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot