Logo

आठ कोरोना संक्रमित डिस्चार्ज



काठमाडौं, ७ जेठ । आज कोरोना भाइरस संक्रमित भई उपचार गर्दै आएका थप आठ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै कोशी अस्पतालमा उपचार गर्दै आएका थिए ।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज भएकाहरु १९ देखि ३३ दिनसम्म अस्पतालमा राखिएका थिए ।

डिस्चार्ज भएकाहरु उदयपुरमा भेटिएका संक्रमितहरु छन् । योसँगै नेपालमा कोरोना संक्रमितको उपचार निकै सफल भएको पाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot