Logo

कोरोना खोपको परीक्षण सकारात्मक देखिएपछि खोप निर्माता कम्पनीको शेयरमा वृद्धि



एजेन्सी ७ जेठ। कोरोनाका कारण विश्व नै त्रसित भएको छ । कोरोना खोपको निर्माण कार्य सम्पूर्ण देशहरुले गरिरहेको छ । कोरोना भाइरसको महामारी रोक्न जारी खोपको पहिलो चरणको ट्रायल मानिसमा गरिएको परीक्षणले सकारात्मक नतिजा देखाएको छ ।

जुन व्यक्तिमा खोपको परीक्षण गरिएको थियो, उसको शरिरमा अपेक्षा गरेभन्दा उत्कृष्ट प्रतिरोधात्मक क्षमता बढेको र साइड इफेक्ट पनि सामान्य मात्र रहेको खोप बनाउने बायोटेक कम्पनी मोर्डनाले जानकारी दिएको छ ।

बायोटेक कम्पनीको शेयर ३० प्रतिशत वृद्धि

कोरोना भाइरस खोपको सफल ट्रायलको खबरले वाल स्ट्रीटमा उत्साह थपिएको छ । यसका साथै मोर्डना कम्पनीको शेयरमा करिब ३० प्रतिशतको उछाल देखियो। योसँगै कम्पनीको शेयरको मूल्य पनि ६६ डलरबाट बढेर ८७ डलर पुग्यो।



प्रतिक्रिया दिनुहोस्

Screenshot