काठमाडौं, ७ जेठ । आज कोरोना भाइरसका २५ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज ३ देखि ४८ वर्षका संक्रमित थपिएको जानकारी दिएका हुन् ।
संक्रमितमध्ये कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासीमा १ जना थपिएका हुन् । आज थपिएका संक्रमितमा ७ महिला र १८ पुरुष छन् । योसँगै ३५८ पुरुष र ६९ जना महिला संक्रमित भइसकेका छन् ।
थपिएका संक्रमित सँगै कुल कोभिड १९ भएकाहरु ४२७ पुगेका छन् । आज थप दुई जिल्लामा संक्रमित भेटिएपछि कुल ३८ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।
संक्रमितको विवरण
१. बाँके नरैनापुरका १७ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
२. बाँके नरैनापुरका २० वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
३. बाँके नरैनापुरका २८ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
४. बाँके नरैनापुरका ३० वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
५. बाँके नरैनापुरका ४० वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
६. बाँके खजुरा ५ का २७ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
७. धनकुटाका २८ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
८. धनकुटाका २९ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
९.धनकुटाका ३५ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
१०. धनकुटाका ३७ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
११. धनकुटाकी २४ वर्षीया महिला, ७ जेठमा पत्ता लागेको
१२. कपिलवस्तुका विजयनगरको क्वारेन्टाइनका २२ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
१३. कपिलवस्तुका विजयनगरको क्वारेन्टाइनका ३५ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
१४. कपिलवस्तुका विजयनगरको क्वारेन्टाइनका ४८ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
१५. कपिलवस्तुका महाराजगञ्जका ३ वर्षीया बालिका, ७ जेठमा पत्ता लागेको
१६. कपिलवस्तुका महाराजगञ्जका ४ वर्षीया बालिका, ७ जेठमा पत्ता लागेको
१७. कपिलवस्तुका महाराजगञ्जका ६ वर्षीया बालिका, ७ जेठमा पत्ता लागेको
१८. कपिलवस्तुका महाराजगञ्जका १६ वर्षीया महिला, ७ जेठमा पत्ता लागेको
१९. कपिलवस्तुका महाराजगञ्जका २५ वर्षीया महिला, ७ जेठमा पत्ता लागेको
२०. कपिलवस्तुका महाराजगञ्जका ३२ वर्षीया महिला, ७ जेठमा पत्ता लागेको
२१. कपिलवस्तुका महाराजगञ्जका १२ वर्षीय बालक, ७ जेठमा पत्ता लागेको
२२. कपिलवस्तुका महाराजगञ्जका २० वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
२३. कपिलवस्तुका महाराजगञ्जका २४ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
२४. कपिलवस्तुका महाराजगञ्जका ३४ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको
२५. नवलपरासीका सुस्ताको बेलवानी क्वारेन्टाइनका २६ वर्षीय पुरुष, ७ जेठमा पत्ता लागेको