Logo

जनता समाजवादीको एकता नेतृत्वमा पुगेर अड्कियो



जेठ ७, काठमाण्डौ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकता गर्ने सहमति भए पनि प्रक्रिया अझै पुरा भएको छैन । नेतृत्वको कार्यविभाजनका विषयलाई लिएर विवाद देखिएको छ । जसले पार्टी दर्ता प्रक्रिया प्रभावित भएको छ । पार्टी कसको अध्यक्षतामा दर्ता हुने, कुन नेताको पदीय दायित्व के हुने भन्ने टुगों नलागेका कारण दर्ता प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन ।

गत बैशाख ८ गते सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याए लगतै १० गते राती तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी राजपाविच पार्टी एकीकरण गर्ने सहमती गरेका थिए । त्यसको भोलि पल्टै दल दर्ताको लागि निवेदन दर्ता पनि गराएका थिए । तर निवेदन दर्ता गराएपनि हालसम्म पार्टी कस्को नेतृत्वमा दर्ता गर्ने नेताहरुको कार्यविभाजन मुख्य विवादको कारण बनेको छ ।

दल दर्तामा अध्यक्ष उपेन्द्र यादवले पावर सेयरिङ्ग गर्न नचाहेका कारण पार्टी एकीकरणको टुङ्गो लाग्न समय लागेको तत्कालीन राजपा नेपालका केही नेताहरुको बुझाइ छ । तर पुर्वराजपा कै नेता राजेन्द्र महतोले भने दुइपार्टी एकीकरण भएका कारण नेताहरुलाई सवैलाई सन्तुलन मिलाउनुपर्ने भएका कारण केही समय लागेको बताउंछन ।

पार्टी एकीकरणको समयमा उपेन्द्र यादवले आफूलाई जे पद दिए पनि आफू लिन तयार रहेको र त्यतिबेला महन्थ ठाकुरलाई वरियताक्रमको पहिलो नम्बरमा राख्ने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने, केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव र कार्यकारीणी समितिको अध्यक्ष राजेन्द्र महतोलाई दिने भद्र सहमति भएको नेताहरुको दावी छ । तर पुर्वसमाजवादीका नेताहरुले भने कस्लाई कुन पद दिने भन्ने बारे टुंगो नलागेको र छलफलमै रहेको नेता गंगा श्रेष्ठले जानकारी दिए ।

एकीकरण गर्ने सहमती गरे यता वैशाख ३० गते एकीकरण टुङ्गो लगाउनका नेताहरुको बैठक बसेपनि कुनै सहमती हुन सकेन त्यसयता नेताहरुविच औपचारिक रपमा बैठक बस्न सकेको छैन । एकीकृत पार्टीको कार्यविभाजन लगायतका विषयमा टुगों लगाउन नौ जनाको निर्देशन समिति बनेको थियो । उनीहरुविच पनि वार्ता हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot