Logo

सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै छ : स्वास्थ्य मन्त्रालय



काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै रहेको स्पष्ट पारेको छ । मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो । सोहीअनुसार १५ हजारसम्म शुल्क निर्धारण गरिएका समाचार आएपछि मन्त्रालयले आज स्पष्टीकरण दिएको हो ।

मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीको नाममा जारी विज्ञप्तीमा भनिएको छ, ‘के(कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषय निर्णय हुन बाँकी नै छ ।’ नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि शुल्क निर्धारणबारे छिट्टै निर्णय हुने स्पष्ट पारेका छन् ।

हेरौं विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्