जेठ ७, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख १० हजार ५ सय ६६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ३५ हजार ४ सय ९४ जनाको पिसीआर परीक्षण र ७५ हजार ७२ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८८ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ६ हजार ९८ वटा परीक्षण भएको छ ।
अहिलेसम्म प्रदेश एकमा ९६२२, प्रदेश दुईमा ६२३४, बागमति प्रदेशमा १५७३१, गण्डकी प्रदेशमा ७०१८, प्रदेश पाँचमा ९७३९, सुदूरपश्चिम प्रदेशमा १९ हजार ९४ र कर्णाली प्रदेशमा ७६३४ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २३ हजार २ सय ३ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ३ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १४ हजार २ सय ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ४५ हजार ४ सय ५० पुगेको छ । तिमध्ये ४ सय २७ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । त्यसैगरी मन्त्रालयले संचालनमा ल्याएको दुईवटा कल सेन्टरमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४९ जनाले कोरोनासम्बन्धी जिज्ञासा र आफ्नो समस्या टिपाएका छन् । ति कलहरुको सम्बोधन मन्त्रालय मातहतका चिकित्सकहरुले गर्ने गरेका छन् ।