Logo

२४ घन्टायता भारतमा साढे पाँच हजार संक्रमित, अहिलेसम्मकै उच्च



७ जेठ। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् । एएनआई File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot