Logo

भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण



राँझा, ७ जेठ : बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नरैनापुरमा फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर नमूना प्राविको क्वारेन्टिनमा बस्दै आएका हन् । यसै गरी खजुराका २७ वर्षीय युवक पनि गत हप्ता भारतबाट आएर वडा नं ५ वसन्तपुर क्वारेन्टिनमा बस्दैआएका छन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएपछि खजुराक्ष् ोत्रमा उच्च सतर्कता अपनाइएको छ ।

खजुरा गाउँपालिकामा पहिलो पटक वडा नं ५ निवासी एक व्यक्तिमा आज सङ्क्रमण पुष्टि भएको हो । गत हप्ता भारतबाट आई वसन्तपुर क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवकमा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले खजुरामा थप उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ ।

सङ्क्रमितलाई आईसोलेशनमा उपचार व्यवस्थाको लागि पहिचान गर्ने कार्य भईरहेकोले आज रातीसम्म सबैलाई आइसोलेशनमा पु¥याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको खतरा क्षेत्र बन्दै गएको नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । यहाँ सङ्क्रबाट एकजनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरामा आज भेटिएका एकजनासहित बाँकेमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot