एजेन्सी, ७ जेठ । भारत र चीनबीचको पूर्वी लदाखक सीमा क्षेत्रमा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ । दुई हप्ता अगाडि पूर्वी लद्दाकको चिनियाँ प्रभावित प्यांङयोंग त्सो सीमा क्षेत्रमा दुवै देशका सीमा सुरक्षा बलबीच भएको झडप पश्चात चीनले आफ्नो सैन्य उपस्थितीलाई तीब्रता दिएको हो ।
भारतीय सैन्य गतिविधि र हात हतियारको आवत जावतमा निगरानी राख्न उपस्थितीलाई तीब्र पारेको भारतीय सञ्चारमाध्यमहरुको दाबी रहेको छ । चीनको सैन्य उपस्थितिले लाइन अफ कन्ट्रोलमा तनाव पैदा गरेको र अवस्था अझ खराव हुन सक्ने भारतीय अधिकारीहरुको भनाई रहेको छ । चीनले शैनिक र पेट्रोलिङ गर्ने गाडिहरुको उपस्थिती तीन गुणाले बढाएको विषय भारतीय सञ्चार माध्यमले जनाएको छ ।
चीनले आफ्नो उपस्थिती मात्र नजनाई आफ्नो गतिविधि र पेट्रोलिङलाई आक्रामक ढंगले अगाडि बढाएको रहको छ । अप्रिलको सुरुवाती दिनदेखि भइरहेको गतिविधि स्वच्छ नरहेको जनाइएको छ । विगतदेखि लाइन अफ कन्ट्रोलको आफ्ना प्रभावित क्षेत्रहरुमा दुवै देहरुले वर्चस्व जमाउन खोजिरहेका छन् ।
चीनले उक्त क्षेत्रमा आक्रमण भएर पेश भएको र भारतले पेट्रोलिङ गर्न निर्माण गरिरहेको बाटो ब नाउन समेत अवरोध पुर्याइरहेको जनाइएको छ । दिल्लीले उक्त क्षेत्रमा घटिरहेको घटनालाई ध्यानमा राखी आफ्नो सैन्य उपस्थितीलाई तीब्रता दिने निर्णय गरेको छ । लाइन अफ कन्ट्रोलमा हुने घटना दैनिकि देखिरहेको भन्दै यस्ता प्रकारका घटना आम भएको भारतीय अधिकारीहरुले जनाएका छन् । Photo Source : THEPRINT