Logo

नेपालले आज जारी गरेको नक्साबारे भारत बोल्यो : यो हामी स्वीकार गर्दैनौं (विज्ञप्तीसहित)



काठमाडौं, ७ जेठ । नेपालले आज औपचारिक रुपमा जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सा भारतले अस्विकार गर्ने जनाएको छ । आज  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्ती जारी गर्दै नेपालको नक्सा भारतलाई अस्विकार्य भएको बताएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,’नेपाल सरकारले आज जारी गरेको अद्यावधिक आधिकारिक नक्सामा भारतको भूमि पनि समावेश गरेको छ । यो एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो।’  

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा जारी गरेकोमा भारतले कृत्रिम विस्तारको संज्ञा दिएको छ । र, त्यसलाई आफूले स्विकार नगर्नेपनि स्पष्ट पारेको छ। उसले थप भनेको छ,’नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित कार्टोग्राफिक दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं। हामी आशा गर्दछौं कि नेपाली नेतृत्वले सीमा क्षेत्रका समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot