Logo

कोरोना रोकथामका लागी हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द



सरकारले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य हवाइ उडानका साथै सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको समितको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

सरकारले यसअघि जेठ १८ सम्म हवाइ उडान र सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन जेठ २० सम्म थपेको छ । यससंगै सरकारले हवाइ उडान र सीमा नाका बन्द गर्ने समय थप गरेको हो ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot