Logo

नेपालमा कोरोनाको संक्रमण भयाबह बन्दै



काठमाडौँ ७ जेठ : महामारी र लकडाउनले विदेशमा अप्ठेरोमा परेका तीन लाख नेपालीलाई दैनिक पाँच छ हजारको दरले स्वदेश भित्र्याउन सरकारले ढिलै भए पनि गृहकार्य थालेको छ । त्यसअघि पर्याप्त स्वास्थ्य सामाग्रीको जोहो गर्ने क्रममा आगामी हप्तासम्म थप भेन्टिलेटर पनि आइसक्ने अनुमान छ । नेपालका सबै अस्पतालसङ्ग गरी चार सय पनि भेन्टिलेटर छैनन् !

बाँकेको नरैनापुरमा दिवङ्गत भएका युवक मुम्बईबाट आएका हुन्,भारतमा अहिले कोरोनाका सात थरी लक्षण देखिएका छन् जसमध्ये सबैभन्दा कडा लक्षण उनमा देखिएको थियो !

भारतसँग सिमाना जोडिएका र मध्य तथा सुदूर पश्चिमका जिल्लाहरुमा कोरोनाको उच्च जोखिम बढेपछि सिसिएमसीले आवश्यक योजना बनाउँदै गरेको बुझिएको छ । उच्चजोखिममा रहेका प्रदेश र पालिकाहरुसँग आजबाट सोझै सम्पर्क र समन्वय पनि थालिएको छ ।

हालसम्म नेपालका अधिकांश संक्रमण विदेश वा भारतबाट भित्रिएकाहरुमा पाइएको छ । धेरैजसो सामान्य अवस्थामै निको भएका छन् । कोही भने उपचारको मौका नै नपाई बितेका छन् । एकजनालाई पहिलोपटक रुपन्देहीमा भेन्टिलेटरमा राखिएको छ ।

उता, छिमेकी मुलुक भारतमा संक्रमितको संख्या झण्डै एक लाखको हाराहारीमा पुगेको छ । औपचारिक रुपमा सार्वजनिक नगरिए पनि भारतीय स्वास्थ्य अनुसन्धान केन्द्रहरुको पछिल्ला अनुसन्धानले कोरोनाको स्वरुप सामान्यदेखि कडागरी सात किसिमका रहेको बताइएको छ ।जनआस्था File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot