काठमाडौं, ७ जेठ । नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आफूहरुले कसैमाथि असमान र अपमानजक व्यवहार नगर्ने र कसैले आफूहरुमाथि त्यस्तो गर्न खोजे कदापि नसहने टिप्पणी गरेका छन् । नेपालले आज अद्यावधिकसहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतले आफूले नेपालको नयाँ नक्सा नमान्ने प्रतिक्रिया दिएपछि उपप्रधानमन्त्री पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
पोखरेलले ट्विटरमार्फत भारतको नाम नलिईकन कडा जवाफ दिएको बुझ्न सकिन्छ । उनले भनेका छन्-“हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं,कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं !नेपालको स्वतन्त्र ,विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन / अपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् ।नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !” FILE PHOTO