Logo

जनधनको क्षति गराउँदै चक्रवात अंपुन उत्तरपूर्वतर्फ बढ्यो, नेपालमा कस्तो असर



एजेन्सी, ८ जेठ । बँगालको खाडीबाट बढेर भारतको पश्चिम बँगालमा पुगेको चक्रवात अंपुनले खतरनाक असरहरु देखाउन थालेको छ । भारतको पश्चिम बँगाल र उडिसा राज्यमा यसले जनधनको क्षति पुर्याएको छ ।

बँगालकी मुख्यमन्त्री ममता बेनर्जीले १२ जनाको मृत्यु भएको उल्लेख गर्दै यसलाई कोरोना भाइरस महामारीभन्दा खतरनाक भनेकी छिन् ।
चक्रवात १४ किलोमिटर प्रतिघन्टाको दरले समुन्द्री किनारतर्फ बढिरहेकोमा खतरनाक गति लिइसकेको छ । यो उडिसामा पुग्दा १५० किलोमिटर प्रतिघन्टाका दरले बढ्यो । पश्चिम बँगालमा पुग्दा झण्डै २ सय किलोमिटर प्रतिघन्टाको वेगले बढेको छ ।

चक्रवातका कारण उडिसा र पश्चिम बङ्गालमा ठुलो वर्षा भएको छ । त्यहाँ पहिलो समेत गएको छ ।

चक्रवातले नेपालमा पनि असर देखिनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अंपुन चक्रवातले वेस्ट वंगाल र वंगलादेशको तटीय क्षेत्र पारगरि अगाडि बढिसकेको छ र लगातार उत्तर उत्तरपूर्व तर्फ बढिरहेको छ । नेपालमा प्रत्यक्ष प्रभाव नरहेपनि अप्रत्यष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरि पूर्व र मध्य क्षेत्रको मौसम आगामि ३-४ दिन सम्म प्रभावित हुनेछ।

देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्