Logo

एक व्यक्तिका कारण सुनसान सडक



काठमाडौं, जेठ ८। राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ।

केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपछि बिना सूचना नारायणचौरबाट एमआरआई सेन्टरदेखि उत्तरतर्फ जाने पूरै सडक सिल गरिएको हो। ती सुरक्षा गार्ड गरुड सेक्युरिटी सर्भिस प्रालिसम्बद्ध हुन्।

प्रहरी प्रधान कार्यालयनजिकै रहेको स्थानमा जबर्जस्ती सडक बन्द गरिएपछि स्थानीयको आवतजावतमा बाधा उत्पन्न भएको छ। एक व्यक्तिका लागि एकतर्फी रूपमा सडकमा प्रहरी नै राखेर हिँडडुलमै बाधा उत्पन्न गरेपछि मानवअधिकारको प्रश्नसमेत उठेको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्