Logo

परिक्षण नगरि झण्डै ९ सय नेपाल भित्रिए, सुदुरपश्चिमका पहाडि जिल्लामा बढ्यो संक्रमणको जोखिम



कैलाली, जेठ ८ । नेपाल भारत सीमावर्ती क्षेत्रमा अलपत्र परेका आठ सय ५८ नेपालीको उद्धार गरिएको छ । जिल्ला समन्वय कार्यालय कैलालीका अनुसार उद्धार गरिएको नेपालीहरुलाई सम्बन्धित गाँउपालिकामा क्वारेन्टाइनमा बस्नेगरि पठाइएको जनाइएको छ ।

ठूलो संख्यामा भारतमा रहेका नेपालीलाई असुरक्षित तवरले नेपाल भित्र्याउदा सूदुर–पश्चिम प्रदेशमा कोरोना संक्रमणको खतरा समेत बढेको छ । बुघबार उद्वार गरिएकाहरु कसैलाई पनि कोरोना परिक्षण गरिएकोे छैन् ।

गत विहिबार र शुक्रबार उद्धार गरिएकाहरुको सिमा क्षेत्रमै ¥यापिड टेस्ट गरिएपनि बुधवार उद्धार गरिएका नेपालीको सामान्य ज्वरो मात्रै परिक्षण गरिएको छ ।

यो भन्दा पहिले नेपाल भित्रिएका नेपालीहरु १४ दिन भन्दा बढि सिमा क्षेत्रमै रहको र उनीहरुको परिक्षण गरिएको भएपनि बुघबार नेपाल भित्रिनेहरुमा अधिकांश हालै भारतले रेल सेवा सञ्चालन गर्दा सिमामा पुगेकाहरु छन् ।

हालसम्म उक्त प्रदेशका पाहाडि जिल्लाहरुका कैसैलाई पनि कोरोना संक्रमण नदेखिएपनि बुधबार सिधै आ–आफ्नो गाँउपालिकामा पुगेकाले पाहाडमा समेत खतरा बढेको छ । त्यस्तै, बुधबार मात्रै नेपालमा रहेका ६ सय भारतीय नागरिकलाईसमेत सिमा पारी पठाईएको छ ।



प्रतिक्रिया दिनुहोस्