Logo

कोरोना संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको निधन



काठमाडौं, जेठ ८ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका कोरोना संक्रमित पुरुषको विहिबार निधन भएको छ ।

अस्पतालले गलग सुचना दिएका कारण बुघबार निधन भएका पेसाले शिक्षक ति कोरोना संक्रमितको आज निधन भएको अस्पतालले पुष्टि गरेको छ । यससंगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

उनलाई जेठ ५ गते सोमबार कोरोना संक्रमणको पुष्टि भएको थियो । पछिल्लो समय उनको अवस्था निकै कठिन अवस्था रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको बुधबार मृत्यु भएको अस्पतालले गलत सुचना दिदा त्रुटिपूर्ण समाचार सम्प्रेषण भएको थियो ।

जण्डिस र ज्वरो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारका लागि बुटवल ल्याएका थिए। कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको स्वाब झिकी परीक्षणका लागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो।

नेपाल सरकारले तयार गरेको स्वास्थ्य गाइडलाइन अनुरुप मृत्तकको दाहासंस्कारको तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot