केही समय अलिक कम धपेडीका साथ जिम्मेवारी बहन गर्दै पूर्ववत् लयमा सक्रिय हुनेछौं
काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा काममा फर्किएका छन् । दुवै जना स्वास्थ्यलाभाको कामनासहित हिजोबाट काममा फर्किएका छन् । भट्टराईलाई मुटुमा समस्या भएको थियो भने थापाको पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।
भट्टराईको गत चैत्र २९ गते मुटुमा समस्या देखिएको थियो । लगत्तै, उनी काठमाडौंको बाँसबारीस्थित् गंगालाल हृदय केन्द्र भर्ना भएका थिए । आफूहरु नियमित काममा फर्किएको कुरा थापाले फेशबुकमार्फत जनाएका छन् । उनले भट्टराईसँगको तस्विर सेयर गर्दै यसबारे जानकारी गराएका हुन् ।
थापाले पोष्ट गरेको तस्विरसहितको स्टाटसमा लेखिएको छ,’स्वास्थ्यलाभपछि हामी दुबै नियमित काममा फर्केका छौं । केही समय अलिक कम धपेडीका साथ जिम्मेवारी बहन गर्दै पूर्ववत् लयमा सक्रिय हुनेछौं ।’-डा. राजन भट्टराई/सूर्य थापा