Logo

काठमाडौँ उपत्यका लुकीछिपी प्रवेश गर्नेको लगत लिइने



काठमाडौँ, ८ जेठ : काठमाडौँ उपत्यकाका स्थानीय तहले प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने भएको छ । त्यस विषयमा आवश्यक कारवाही अघि बढाउने कुरा पनि गृहको परिपत्रमा उल्लेख छ ।

स्थानीय संस्था तथा क्लबले राहत वितरण र खाना वितरण गर्दा भीडभाड बढ्न गई जोखिम बढाएकाले उक्त कार्य स्थानीय तहको समन्वय नभएमा रोक्न पनि भनिएको छ । त्यस्तो कार्य समन्वय गरेर स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा मात्रै वितरण गर्न मन्त्रालयले आग्रह गरेको छ ।

स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणबाट मुलुकमा ४४४ व्यक्ति सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot