Logo

भयावह बन्दै कोरोना, एकको मृत्युसहित ठुलो संख्यामा संक्रमित थपिएको जानकारी आउँदै



काठमाडौं, ८ जेठ । आज पनि कोरोना भाइरसका संक्रमित ठुलो संख्यामा थपिएका छन् । स्वास्थ्य मन्त्रालयले अहिले केही बेरमा नियमित पत्रकार सम्मेलनमार्फत् यसको जानकारी दिनेछ ।

आज एकजना संक्रमितको मृत्यु भएको छ । ४१ वर्षीय गुल्मीका शिक्षकको भेन्टिलेटरमा राखेर बचाउन प्रयास भएपनि नसकिएको बुझिएको छ । यसको आधिकारिक जानकारी अहिले केही बरेमा दिइने बुझिएको छ ।

आज विहान १७ नयाँ संक्रमित थपिएका छन् । अहिले केही बेरमा दिइने औपचारिक पत्रकार सम्मेलनमा ठुलो संख्यामा थपिएका संक्रमितबारे जानकारी दिइने स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

देशमा कोरोना भाइरसका ४४४ संक्रमित पुष्टि भइसकेको छ । २ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएकोमा अर्का एकजनाको अहिले केही बेरमा औपचारिक खबर आउने बुझिएका ेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot