काठमाडौ, ८ जेठ । प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर के.सीमाथी शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र पेश गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक के.सी.ले झुठ्ठा र नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी नियुक्ति लिएको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पुष्टि भएको थियो ।
उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारको प्रवक्ता प्रदिपकुमार कोइरालाले बताएका छन् ।