काठमाडौ, ८ जेठ । श्री आदर्श माध्यमिक विद्यालयका शिक्षक चन्द्रविन सिंहलाई शैक्षिक प्रमाणपत्र नक्कली भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
श्री आदर्श माध्यमिक विद्यालय मझकोट–२, जाजरकोटका माध्यमिक शिक्षक सिंहले शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी माध्यमिक शिक्षक पदमा नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा नक्कली योग्यताको प्रमाण पेश गरेको पुष्टि भएको थियो । उनलाई कानुन बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।