Logo

को हुन् नयाँ थपिएका तीन कोरोना संक्रमित (विवरणसहित)



काठमाडौं, ८ जेठ । साँझ तीनजना थप संक्रमित पत्ता लागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा गरी तीनजना संक्रमित थपिएको हो ।

देशमा कोरोना भाइरसका संक्रमित संख्या ४५७ पुगेको छ । संक्रमितहरुमा दुई पुरुष र एक महिला छन् ।

यसअघि विहान १७ र दिउँसो ९ गरी २६ जना संक्रमित पत्ता लागेको थियो । योसँगै आज २९ जना संक्रमित पत्ता लागेका छन् ।

संक्रमितको विवरण
१. बाँकेको नरैनापुरका ३२ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
२. बाँकेको खजुराका ४२ वषीया महिला, ८ जेठमा पत्ता लागेको
३. कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्