Logo

अयोध्यामा राममन्दिर निर्माणका लागि खन्दा देवीदेवताको मुर्ति भेटियो



निकै विवादपछि भारतको सर्वोच्च अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण शुरु भएको छ । मन्दिर निर्माणका लागि जमिन समथर गर्न खन्न थालेपछि महतवपूर्ण प्रमाणहरु भेटिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार राममन्दिर निर्माणका लागि खन्न शुरु गरेलगत्तै पाँच फिटको शिव मन्दिर भेटिएको छ । कालो ढुंगाको ७ वटा पिलर, रातो ढुंगाको छ वटा पिलर, देवीदेवताको मुर्ति पनि भेटिएको छ । सबै पुरातात्विक वस्तुहरु हिन्दु धर्मसँग सम्बन्धित रहेको जनाइएको छ । कतिपय मुर्ति र पुरातात्विक वस्तुहरु पहिलो शताब्दी, ११ औं शताब्दीका पनि छन् ।

मन्दिर निर्माण शुरु गर्न जमिन समथर गर्न ३ जेसीबीलगायत सामाग्रीको प्रयोग भएको छ । लकडाउनका कारण सामाजिक दुरी कायम गरी १० श्रमिक जुटिरहेका छन् ।

बाबरी मस्जिद भत्काएपछि भारतमा अयोध्या मुद्दा लामो समय चलेको थियो । गत वर्ष भारतको अदालतले गरेको फैसला राम मन्दिरको पक्षमा गएको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्