Logo

दाङका कोरोना संक्रमित व्यक्ति दिल्लीबाट आएका थिए



दाङ ८ जेठ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका व्यक्ति भारतको नयाँदिल्लीबाट आएको खुलेको छ। उनी जेठ ३ गते लकडाउनकै बीच दिल्लीबाट दाङसम्म आएको खुलेको हो।

दाङमा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। संक्रमित व्यक्ति घोराही ३ बस्ने ३७ वर्षीय पुरुष रहेको जानकारी प्रतिष्ठानले दिएको छ। उनी सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन्। हाल उनलाई अस्पताल ल्याउन लागिएको प्रतिष्ठानले जानकारी दिएको छ।

यसअघि प्रतिष्ठानमा परीक्षण गरिएकामध्ये २ जनामा कोरोना पोजेटिभ पाइएको थियो। प्रतिष्ठानमा हालसम्म १ हजार ५४ जनाको परीक्षण गरिएपनि २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएका ७ सय ६४ मध्ये तीन जनाको पोजेटिभ आएको हो।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको अपडेटमा ४ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिइएको थियो। स्वास्थ्यखबर File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot