Logo

गोेकर्णेश्वर नगरपालिकाद्वारा कोरोना महामारी नागरिक संहिता जारी



काठमाडौं ८ जेठ : गोकर्णेश्वर नगरपालिकाले नागरिकका लागि ‘कोभिड महामारी नागरिक संहिता २०७७’ जारी गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई सहज बनाउन भन्दै नगरपालिकाले संहिता जारी गरेको हो ।

यस नागरिक संहिताले नागरिकलाई जिम्मेवार बनाउन सहयोग गर्ने नगरपालिकाको अपेक्षा छ ।

कोभिड रोकथाम र नियन्त्रण सम्बन्धी निर्देशन र अनुरोध पालना गर्ने, कोभिड व्यवस्थापनमा सघाउने, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र स्वंयसेवीप्रति उच्च सम्मान व्यक्त गर्ने लगायत ६ बुँदा संहितामा उल्लेख छ ।

यस्ता छन्, नगरपालिकाले जारी गरेको संहिता :

१. म सरकारले तोकेका कोभिड रोकथाम र नियन्त्रण सम्बन्धी निर्देशन र अनुरोध पालना गर्न तयार छु

२. म आफ्नो पेशा र क्षमताले भ्याएसम्म आफु सुरक्षित रहदै कोभिड व्यवस्थापनमा सघाउन तयार छु

३. म यस विषम घडीमा खट्टिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र स्वयंसेवीप्रति उच्च सम्मान व्यक्त गर्दछु

४. म कोभिड बिरामी र सम्भावित संक्रमित व्यक्तिहरुप्रति कदापि नकारात्मक दृष्टि राख्ने छैन बल्कि मानवता, स्नेह र बन्धुत्व प्रकट गर्नेछु

५. म आफुमा कोरोना संक्रमणको सम्भावना देखिनासाथ जिम्मेवारपुर्वक छर-छिमेक, जनप्रतिनिधि र नजिकका स्वास्थ्यकर्मीलाई खवर गर्नेछु र परिवार तथा समाजलाई सुरक्षित राख्न मद्दत गर्नेछु

६. यो नागरिक संहिताका बारे धेरैभन्दा धेरैलाई खवर गर्नेछु।स्वास्थ्यखबर File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot