Logo

गुणस्तरसम्बन्धी नयाँ ऐनको तयारी



काठमाडौँ, ९ जेठ । सरकारले तोकेअनुसार नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख जरिवाना हुने व्यवस्थासहितको (एनएस) चिह्नसम्बन्धी नयाँ ऐन ल्याइने तयारी भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले विद्यमान एनएस चिह्नसम्बन्धी ऐन समयानुकूल नभएको भन्दै कडा कारबाहीको व्यवस्थासहितको मस्यौदा तयार गरेको हो । प्रस्तावित ऐनमा कुनै वस्तु, सेवामा सरकारले तोकेअनुसार एनएस चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख रुपियाँ जरिवाना वा एक वर्षको जेल सजाय वा दुवै हुने व्यवस्था गरिएको छ । विभागले तयार पारिरहेको नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०७७ को मस्यौदामा उक्त प्रावधान उल्लेख गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot