Logo

चीनले फरक भाषा प्रयोग गरेर नेपाललाई धोका दिदैछ, उसको भूमिका के हो सोध्नुपर्ने बेला आयोः डा खड्का



काठमाडौं, जेठ ९। नेपाली कांग्रेसका नेता तथा छाँया सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्काले पछिल्लो समयमा आएर चीन सरकारले पनि धोका दिएकाले राम्रो सम्बन्ध भएको बताइरहने सरकारले सीमा विवादका विषयमा चीनसँग पनि वार्ता गर्नुपर्ने बताएका छन् । सधै लिपुलेक र कालापानी नेपालको हो भन्दै आएको चीनले पछिल्लो समयमा भाषा फेरेर नेपाललाई धोका दिएको खड्काको भनाइछ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै खड्काले २०१५ मा भारतसँग सहमति गर्नु पूर्वसम्म यो क्षेत्र नेपालको हो भनेर भन्दै आएको चीनले अहिले फरक भाषाको प्रयोग गरेकाले यो विषयमा चीनलाई नेपालले कडा रुपमा जवाफ दिनुपर्ने र उसको भूमिका के हो सोध्नुपर्ने उनले बताए।

नेपाल र भारतबीचको सीमा विवादको समाधान वार्ता मात्रै भएको भन्दै उनले अहिले यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने समय पनि नभएको बताए । भापारतले हेपाहा प्रबृति देखाइरहेको दावी गर्दै खड्काले तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालासँग बसको समयमा पनि भारतसँग सीमाका विषयमा कुरा भएको र भारत आफैले विवादित क्षेत्र भन्दै फेरी सडक बनाउनु गलत भएको उनको भनाई छ ।

उनले नक्सा जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र अरु दलका नेताहरु राखेर अन्र्तराष्टिय मिडियाहरुको अगाडी सार्वजनिक नगर्नु र सुटुक्क गर्नुले भारतलाई नेपालमा दलहरु एक छैनन् भन्ने सन्देश गएको भन्दै अहिले यो विषयलाई नेकपाको मात्रै विषय जस्तो देखाइएको बताए।

उनले भने,‘ २०१५ मा भारत र चीनबीच भएको ४१ बुँदे सहमति गलत हो । चीनले पनि गलत गरेको छ । अहिले सरकारसँग चीनको घनिष्ट सम्बन्ध छ । तर, चीनले पनि दोहोरो भूमिका खेल्यो । अहिले आएर नेपाललाई अण्डर माइण्ड गरेको छ । भारतले एकपक्षीय रुपमा नक्सा जारी गर्दा किन बोलेन र अहिले किन चीन पल्टियो । राष्ट्रियताका विषयमा हामी कांग्रेस कम्युनिष्ट देख्दैनौ । भारतीयहरुले नेपाल स्वाभिमान बुझेका छैन् । भारतीयहरुले आफ्ना भूभाग नभएकाले अतिरञ्जित गरिरहेका छन’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot