Logo

१२ राउन्ड हवाई फायर गर्दै मध्यरातमा आलमको घरमा छापा



रौतहट, जेठ ९ । पुर्पक्षको लागि काठमाडौँको नख्खु कारागारमा कैद जीबन बिताइरहेका प्रतिनिधि सभाका निलम्बित सासद मोहम्मद अफताब आलमको रौतहटको राजपुर नगरपालिका स्थित घरमा प्रहरीले गएराती छापा मारेको छ ।

उनको भाई मोहम्मद महफताब आलम घर आएको सुचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलिले स्थानीयको अबरोधका कारण १२ राउण्ड हवाई फायर समेत गरेको छ।

१२ बर्ष अघिको राजपुर फरहदवामा भएको बम बिस्फोट घटनामा दुई जनाको कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौरले पक्राउ पुर्जी जारेका मोहम्मद महताब आलमलाई पक्राउ गर्न पुगेको प्रहरी टोलिले १२ राउण्ड गोलि चलाएको हो तर उनी पक्राउ भने परेनन ।



प्रतिक्रिया दिनुहोस्