Logo

रमजान पर्व सादगीका साथ मनाउन आग्रह



राँझा, ९ जेठ :  कोरोना सङ्क्रमणकोे महामारीबाट जोगिन मुसलमान समुदायले रमजान पर्व सादगीका साथ मनाउन आग्रह गरेको छ । नेपालगञ्जस्थित मुसलमान समुदायका अगुवाले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना धर्म संस्कार पनि सादगीका साथ घरमै मनाउन आग्रह गर्नुभएको हो ।

धर्मगुरु एवम् नेपालगञ्जका मुसलमान अगुवा मौलाना अबदुल जब्बार मञ्जरीले अलबिदाको नमाज र इदुल फित्रको नमाज सङ्क्रमण फैलिने खतरा रहेकाले घरघरमै बसेर मनाउन आग्रह गर्नुभएको छ । हाजी मोहमद हारुन हलवाईका अनुसार आगामी सोमबार रमजानपर्व सकिँदै छ । कोरोनाको समयमा हुने गरेका गलत अफवाहको पछि नलाग्न र त्यस्ता सूचना प्रवाह गर्नेहरुका बारेमा तत्काल प्रशासनलाई जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो ।रासस FIle Photo



प्रतिक्रिया दिनुहोस्