Logo

सरकारले सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण नगर्ने, ‘भूमि फिर्ता ल्याउन यथेष्ट प्रमाण छ’



फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम

काठमाडौं, ९ जेठ । आज बसेको मन्त्रिपरिषद बैठकले भारतसँगको सीमा विवादको विषय अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्न आवश्यक नरहेको निश्कर्ष निकालेको छ । बरु, कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं अर्थ मन्त्री तथा सूचना एवम सञ्चार मन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनले भने, नेपाली नक्सामा समेटिएको क्षेत्र फिर्ता ल्याउन हामीसँग् यथेष्ट प्रमाण छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

Related News:

मन्त्रिपरिषद बैठक सम्पन्न, संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय

नयाँ नक्शाबारे संविधान संशोधन विधेयक संसद्मा ल्याइने : डा खतिवडा



प्रतिक्रिया दिनुहोस्

Screenshot