Logo

एकै दिन २१ जना कोरोना उपचारपछि नीको भई डिस्चार्ज



काठमाडौं, ९ जेठ । आज एकै दिन २१ जना कोरोना भाइरसका संक्रमित डिस्चार्ज भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या एकै दिन अस्पतालबाट डिस्चार्ज भएको रेकर्ड हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको सुशील कोइराला अस्पतालमा उपचार गराइरहेका २१ जना उपचारपछि नीको भई घर फर्किएका हुन् । उनीहरुमध्ये ९ महिला र १२ पुरुष छन् । उनीहरु १ देखि ६० वर्ष उमेर समूहका छन् ।

अधिकांश संक्रमित नीको भई घर फर्किएको रेकर्ड छ । अहिलेसम्म तीनजनाको संक्रमणबाट निधन भएको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot